आइपिओ नोटिस :
कम्पनी : शिवम् सिमेन्ट
खुला हुनेको मिति : फागुन ६ गते
भर्ने अन्तिम मिति : फागुन ९ गते
कित्ता : ४४ लाख कित्ता
प्रति कित्ता मूल्य : ३००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ४४ लाख कित्ता
विवरण :
शिवम् सिमेन्टको ४४ लाख कित्ता आइपिओ फागुन ६ गतेदेखि बिक्रि खुल्ला हुने भएको छ । कम्पनीले प्रतिकित्ता ३०० रुपैयाँको दरमा सर्वसाधारणले ४१ लाख २० हजार कित्ताका लागि आवेदन दिन पाउने जनाएको छ । कुल ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ ।
यस्तै, सामूहिक लगानी कोषलाई पनि २ लाख २० हजार कित्ता नै छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्री गर्न लागिएको हो । यो आइपिओ फागुन ६ गतेदेखि ९ गते सम्म खुल्ला हुने भएको छ। उक्त समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ ।
आवेदन दिन सकिने शाखाहरु :
एनआइबीएल एस क्यापिटल
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।