
- रेखा चन्द / अर्थ सरोकार डटकम
काठमाडौँ- संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संसदीय समितिहरुले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको काम अघि बढाउन खोज्दा आफुलाई राती राती धम्की आएको खुलासा गरेका छन् । उनले विभिन्न संसदीय समितिहरुले कामलाई हल्लाउने काम मात्र गरेकोसमेत आरोप लगाएका छन् । फोरजी सेवा विस्तारमा आर्थिक अनियमितता भयो भनेर गलत आरोप लगाइएको दावी गर्दै मन्त्री बास्कोटाले त्यस्ता गलत खालको प्रचारसामू आफूले घुँडा नटेक्ने चेतावनी पनि दिए ।
मंगलबार नेपाल टेलिकमको १५ औं वार्षिकोत्सव कार्यक्रमको काठमाडौंमा उद्घाटन गर्दै उहाँले नेपाल टेलिकम भित्रकै केही व्यवस्थापक र इन्जिनियरहरु ‘देश द्रोही’को जस्तो व्यवहार गरिरहेको भन्दै आक्रोशसमेत पोखेका उनले उनीहरुलाई सचेत रहन पनि आग्रह गरे । मुनाफा आर्जनलाई मुख्य लक्ष्य बनाएर अघि बढेको निजी क्षेत्रसँग जनताको सेवाका लागि समर्पित नेपाल टेलिकमको तुलना हुनै नसक्ने मन्त्री बास्कोटाको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्