×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ नेपाल लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा २०९.१९%ले वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नयाँ नेपाल लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा २०९.१९%ले वृद्धि

Artha Sarokar

१८ माघ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नयाँ नेपाल लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार संस्थाले खुद नाफा २०९.१९%ले वृद्धि गरि २५ लाख २३ हजार रुपैयाँ कमाएको छ । गत वर्षको यहि त्रैमासमा संस्थाले ८ लाख १६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
नयाँ नेपालले खुद ब्याज आम्दानी पनि ६२.४३% ले बढाएर १ करोड ४७ लाख ५९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष ९० लाख ८६ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी भएको थियो । यस त्रैमासमा संस्थाको सञ्चालन नाफा ८ लाख ३७ हजार रुपैयाँबाट घटेर ६ लाख ४३ हजार रुपैयाँमासिमित रहेको छ । 
संस्थाले १० करोड १ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५१ करोड २८ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी ७ करोड ९२ लाख २३ हजार रुपैयाँ छ भने जगेडा कोषमा २ करोड ३८ लाख ८५ हजार रुपैयाँ जम्मा पारेको छ । 
यता संस्थाको खराब कर्जा २.९३% छ भने प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ १५ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी