Skip to content
LAXMI SUNRISE BANK

ओम डेभलपमेन्ट बैंकको ‘सिएसआर’: दृष्टिबिहीनहरुका लागि पोखरामा कम्प्युटर तालिम

अर्थ सरोकार

काठमाडौँ – ओम डेभलपमेन्ट बैंकको सहयोगमा दृष्टिबिहीनहरुका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । बैंकको आर्थिक सहयोग र कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा भएको तालिमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले गरेका हुन् ।
फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना हुने ‘भायानेट क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को पूर्व सन्ध्यामा उक्त तालिमको आयोजना गरिएको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ । यसअघि बैंकले खैरेनी मा.बि. खैरेनीटार तनहुंको पुस्तकालयलाई पुस्तकहरु हस्तान्तरण गरेको थियो भने सिद्धेश्वर महादेव बृद्धाश्रम गैडाकोटलाई आर्थिक सहयोग, बाल मन्दिर मा.वि.नदिपुर पोखरालाई भौतिक सामाग्री तथा हरिहर आश्रम देबघाटलाई कम्प्यूटर हस्तान्तरण गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK