काठमाडौं – ग्लोबल आइएमई लघुवित्तले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाले खुद नाफा १६२.४८% ले वृद्धि गरी एक करोड ९६ लाख ७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद नाफा ७४ लाख ७० हजार रुपैयाँ मात्र रहेको थियो ।
संस्थाले खुद ब्याज आम्दानीमा १०६.०८% वृद्धि गरि ५ करोड १८ लाख ४७ हजार रुपैयाँ पुर्याउन सफल भएको छ भने सञ्चालन नाफा २०३.६४% बढोत्तरी गरेर २ करोड ९१ लाख १ हजार रुपैयाँ पुर्याएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको देखेर संस्थाको खुद नाफा पनि बढेको देखिन्छ।
यता, संस्थाले ५६ करोड ६४ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २० करोड ४४ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल संस्थाको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार रुपैयाँ छ भने जगेडा कोषमा ३ करोड ५० लाख ४६ हजार रुपैयाँ जम्मा भएको छ ।
यता संस्थाको खराब कर्जा अनुपात ०.५३% रहेको छ भने प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ७३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्