काठमाडौं – मिसन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्बजनीक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ८.६४% ले वृद्धि गरि ४ करोड ७ लाख २६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यता बैंकले खुद ब्याज आम्दानीमा २.०८% ले बढोत्तरी गरेर ९ करोड ९९ लाख १९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ८ करोड २७ लाख रुपैयाँ आर्जन गरेको थियो । बैंकको सञ्चालन नाफा पनि ५ करोड ८८ लाख रुपैयाँबाट बढेर ६ करोड ३९ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।
बैंकले ७ अर्ब ७९ करोड ८५ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १२ करोड ८८ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी ५७ करोड ६४ लाख रुपैयाँ छ भने जगेडा कोषमा ९ करोड ६७ लाख ६९ हजार रुपैयाँ जम्मा भएको छ ।
बैंकको खराब कर्जा ०.३२% रहेको छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ६४ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्