×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश विकास बैंकको खुद नाफा ३.२३% ले वृद्धि, खुद ब्याज आम्दानी कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कैलाश विकास बैंकको खुद नाफा ३.२३% ले वृद्धि, खुद ब्याज आम्दानी कति ?

Artha Sarokar

१५ माघ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कैलाश विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा २७ करोड ४६ लाख ६७ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ३.२३% ले धेरै हो । गत वर्ष बैंकले २६ करोड ६० लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमस:  ५४.०८% र ४६.३८% वृद्धि भएको छ। गत वर्ष ३९ करोड ६७ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको बैंकको अहिले बढाएर ६१ करोड १३ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा पनि २८ करोड २२ लाख ३६ हजार रुपैयाँबाट बढाएर ४१ करोड ३१ लाख ३८ हजार रुपैयाँ पुर्याएको छ ।
बैंकले निक्षेप संकलन २६ अर्ब ७२ लाख ८० हजार रुपैयाँ गरेको छ भने २३ अर्ब ५४ करोड ६० लाख ५६ रुपियाँ कर्जा प्रवाह गरेको छ । बैंकको हाल चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ छभने जगेडा कोषमा ९३ करोड ६८ लाख ७५ हजार रुपैयाँ राखेको छ ।
बैंकको खराब कर्जामा ०.३३% रहेको छ भने प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ १७ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी