काठमाडौं – सहयोगी विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ५ करोड ४ लाख ८८ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १५.०६% ले धेरै हो । गत वर्ष बैंकले ४ करोड ३८ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी १० करोड ३४ लाख १० हजार रुपैयाँमा सिमित रहेको छ । गत वर्ष बैंकले १० करोड ३७ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन नाफामा भने वृद्धि भएको छ। बैंकले सञ्चालन नाफा ४२.४९% बढोत्तरी गरेर ५ करोड ४७ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।
सहयोगीले ४ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ६८ करोड १२ लाख ६६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष ७७.२७% ले बढाएर २६ करोड ५२ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ ।
खराब कर्जा १.६३%रहेको छ भने प्रतिसेयर आम्दानी वार्षिक १९ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ५ पैसा छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्