Skip to content
LAXMI SUNRISE BANK

‘प्रविधिमा जोड नदिने बैंकहरु अव टिक्न सक्दैनन्, नीतिगत व्यवस्था नै गर्दैछौं’ : नेपाल राष्ट्र बैंकका गभर्नर (भिडियो)

अर्थ सरोकार

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । 
गभर्नर नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई प्रविधियुक्त बनाउन मानव संशाधनको विकासमा पनि जोड दिइएको स्पष्ट पारेका छन् । आईतबार काठमाडौंमा आयोजित एक अन्तराष्ट्रिय स्तरको बैंक तथा वित्तिय संस्थाहरुको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले विश्वमा प्रयोगमा आएका नयाँ–नयाँ प्रविधिहरुको प्रयोग गर्न सक्ने जनशक्ति व्यवस्था गरेर अघि बढन पनि बैठक तथा वित्तिय संस्थाहरुलाई सचेत गराएका छन् । 
नेपाल राष्ट्र बैंकले बैंकहरुलाई प्रविधिले युक्त बनाउन आवश्यक नीतिगत व्यवस्था पनि तय गर्दैछ । गभर्नर नेपालले प्रविधिको प्रयोगमा जोड नदिने बैंक तथा वित्तिय संस्थाहरु आधुनिक बजारमा टिक्न नसक्ने पनि स्पष्ट पारेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK