Skip to content

महुली सामुदायिक लघुवित्तले २०% बोनस सेयर पारित गर्न पुस २९ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैठौं बार्षिक साधारणसभा पुस २९ गते आइतबार गर्ने भएको छ । पुष ३ गते बसेको संस्थाको संचालक समितिको ८६ औं बैठकले बैंकको छैठौं बार्षिक साधारण सभा उक्त मितिमा वित्तीय संस्थाको केन्द्रिय कार्यालय महुली सप्तरीमा विहान ११ बजे गर्ने निर्णय गरेको छ । यसका साथै संस्थाले साधारण सभाको निमित पुस १६ गते बुक क्लोज गर्ने भएको छ । 
उक्त साधारणसभाले बैंकले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । संचालक समितिको निर्णय अनुसार बैंकले चुक्तापूँजी रु ६ करोडको २० प्रतिशतले हुन आउने एक करोड २० लाख रुपैयाँ लाभांश वितरण गर्ने निर्णय उक्त साधारणसभाले पारित गर्नेछ ।
हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई ६ औं बार्षिक साधारणसभा र बुक क्लोज सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्