
- अर्थ सरोकार संबाददाता
काठमाडौँ- नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर तिलक रावलसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गराएको छ । आयोगले डा. रावलसहित केन्द्रीय बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र मे फ्लावर लिमीटेडका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गराएको हो । १० रुपैयाँको पोलिमर नोट छपाईमा भ्रष्टाचार गरेको भन्दै जनही ९१ लाख ९ हजार ८ सय ८९ का दरले बिगो भराउन माग गर्दै विशेष अदालतमा मुद्धा दर्ता गराइएको हो ।

नेपाल राष्ट्र बैंकबाट दश रुपैयाँ दरका ५ करोड थान पोलिमर नोट छपाइ गरिँदा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको र गैरकानूनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको अख्तियारले जनाएको छ ।
‘
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्