×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको नागरिक बचत खाता : बीमादेखि मोबाइल बैंकिङसम्म निःशूल्क

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बैंकको नागरिक बचत खाता : बीमादेखि मोबाइल बैंकिङसम्म निःशूल्क

२१ मंसिर २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल बैंक लिमिटेडले आम निक्षेपकर्ताको हीतलाई ध्यानमा राखी आकर्षक व्याजदर सहित निशुल्क विविध बैंकिङ सेवा तथा सामाजिक सुरक्षाजस्ता सेवा सुविधा समाविष्ट नागरिक वचत खाता बजारमा ल्याएको छ । न्यूनतम रु १० हजारमा बैंकका देशभरका शाखाबाट खोल्न सकिने यस नागरिक वचत खाता मार्फत नेपाल बैंकसँग आवद्ध हुने ग्राहकले रु १० लाखसम्मको दुर्घटना वीमा, रु२५ हजारसम्मको औषधि उपचार सुविधाका साथै भिसा डेविट कार्ड, एविविएस, सिआस्वा, डिम्याट, मेरो शेयर, इन्टरनेट बैंकिङ, स्मार्ट मोवाईल बैंकिङ लगायतका नेपाल बैंकबाट उपलव्ध सेवाहरु निःशुल्क प्राप्त गर्ने छन् । 
यसैबीच यस बैकका नागरिक वचतका ग्राहकलाई उपलव्ध गराईने उपरोक्तानुसारको दुर्घटना वीमा र औषधिउपचार सुविधाको सुनिश्चितता निम्ति बैंकले आईएमई जनरल इन्स्योरेन्स लिमिटेड (आईएमई जिआईएल) संग एक सम्झौता गरेको छ । सो सम्वन्धी सम्झौतापत्रमा नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले हस्ताक्षर गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी