काठमाडौँ । जनकपुरदेखि अयोध्यासम्म रेल सञ्चालन गरिने भएको छ । पर्यटन प्रवर्द्धन तथा रेलमार्ग विस्तार गर्ने क्रममा जनकपुरधामदेखि अयोध्यासम्म रेल सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको हो ।
उक्त (जनकपुरधाम-अयोध्या) रेल सेवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नेगरी तयारी अघि बढाइएको बताइएको छ ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार हाल नेपाल र भारतका रेल्वे कम्पनी र भन्सार सुरक्षा अधिकारीबीच छलफल चलिरहेको छ । यद्यपि रेल सेवा उद्घाटनको मिति भने तय नभएको पराजुलीले बताएका छन् ।
प्रधानमन्त्री शाह मंसिर ६ गतेदेखि भारत भ्रमणमा जानेछन् । सोही क्रममा जनकपुरधाम-अयोध्या रेल सेवा उद्घाटन गर्ने तयारी गरिएको छ ।
रेल सेवा सञ्चालनका लागि दुई देशका सुरक्षा निकायबीच सैद्धान्तिक सहमति भइसकेको छ । सो रेल सेवा सञ्चालन भए जनकपुरधाम र अयोध्याको सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्