
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल बैंकर्स संघले व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा भद्र सहमति हटाउने निर्णयसँगै बजारमा ब्याजदर बढाउने प्रतिष्पर्धा चलेको छ । यसैबीच बुधबारमात्र जनता बैंकले मुद्दती निक्षेपमा अहिले सम्मकै सर्बाधिक ब्याज भन्दै १२ प्रतिशत दिने स्किम ल्याउँदा माछापुछ्रे बैंकले १२.५ प्रतिशत ब्याजको स्किम ल्याएकोमा आज कुमारी बैंकले १३ प्रतिशतको स्किम ल्याएको छ । आज विभिन्न पत्र पत्रिकामा बिज्ञापन प्रकाशन गरेर कुमारीले १३ प्रतिशत ब्याजको स्किम ल्याएको हो । यसो त कुमारी बैंकले न्युनतम १० हजार रुपैयाँ राखे पनि तीन बर्षसम्म १३ प्रतिशत ब्याज दिने बिज्ञापन राखेपछि बैंक कतिसम्म ध्वस्त भइसकेछ भनेर अनुमान गर्न गाह्रो नहुने विश्लेषण भइरहेको छ ।
यस्तो त यो प्रतिष्पर्धा झन् चर्कने निश्चित छ । अर्थ सरोकार डटकमले प्राप्त गरेको सूचना अनुसार भोलि थप एक बैंकले १३.५ प्रतिशत ब्याज दिने स्किम ल्याउँदैछ । ‘१३.५ दिने कि १४ दिने भन्ने सल्लाह हुँदैछ ।’ एक बैंकका अधिकारीले अर्थ सरोकारसँग भने, ‘बजारमा ब्याजदर १५ प्रतिशत सजिलै पुग्ने देखियो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्