
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल राष्ट्र बैंकले केहि समयअघि निकालेको भ्याकेन्सी त्रुटीपूर्ण रहेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि अन्तत: विभिन्न संघ-संस्थाहरुको समेत पहलमा नेपाल राष्ट्र बैंकले उक्त सूचना सच्याएको छ । राष्ट्र बैंकले चार्टड एकाउन्टेट मागेकोमा योग्यतामा सिए / एसीसीए राखेको भए पनि भ्याकेन्सीमा उक्त पदका लागि नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को सदस्यता भएकाले मात्र उक्त भ्याकेन्सी उपर आवेदन दिन पाउने उल्लेख गरेको थियो । तर एसीसीए / सीपीएको हकमा आइक्यानको सदस्यता नहुने हुनाले उक्त भ्याकेन्सी पूर्वाग्रहि रुपमा आएको टिप्पणी सहितको समाचार अर्थ सरोकारले सम्प्रेषण गरेको थियो ।
यहि भ्याकेन्सीलाई लिएर चार्टड सर्टिफाइड एकाउटेन्ट्स संघले समेत आपत्ति जनाएको थियो भने एसीसीए नेपालले पनि यस्तो कार्य सच्याउनका लागि पहल गरेको थियो । अन्तत: उक्त भ्याकेन्सी सच्चिएको छ भने भ्याकेन्सी उपर आवेदन दिने समयसमेत थपिएको छ ।
भ्याकेन्सी उपर आएका प्रतिक्रियाहरुलाई राष्ट्र बैंकको एचआर विभागले पनि सकारात्मक रुपमा लिएको थियो । आएका सुझाव उपर छलफल गरी यस्तो निष्कर्ष निस्किएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको हो । ‘कसको नियत के थियो भन्दा पनि सबैतिरबाट सुझाव आएपछि सुझावमाथि छलफल भयो । अर्थ सरोकार र सिए सरोकारमा आएका समाचार पनि पढियो । गल्ती भएको पाइएपछी राष्ट्र बैंकले सूचना सच्याउनुपर्ने आवश्यकता ठान्यो र सच्यायो ।’ राष्ट्र बैंकका एक उपल्लो तहका कर्मचारीले भने ।
राष्ट्र बैंकको निर्य स्वागतयोग्य : सीक्यान
यता यस विषयमा आफ्नो असन्तुष्टी बिज्ञप्ति मार्फत नै दिएको चार्टड सर्टिफाइड संघले राष्ट्र बैंकको निर्णय स्वागतयोग्य भएको बताएको छ । ‘निर्णय स्वागतयोग्य छ । राष्ट्र बैंकले गरेको पछिल्लो निर्णयले हामीलाई खुसी बनाएको छ ।’ सीक्यानका एक कार्यकारी समितिका सदस्यले अर्थ सरोकारसँग भने, ‘सीक्यानको माग अनुसार नै राष्ट्र बैंकले भ्याकेन्सी सच्याएकोमा हामी खुसी छौं ।’ एता एसीसीए नेपालका प्रमुख रविन कटवालले पनि राष्ट्र बैंकले भ्याकेन्सी नोटिस सच्याएकोमा खुसी प्रकट गरे ।
हेर्नुहोस् राष्ट्र बैंकको सूचना :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्