
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बिकास बैंकहरुमध्येकै उत्कृष्ट छवि बनाएको मुक्तिनाथ बिकास बैंक लिमिटेड अर्वपति क्लबमा प्रवेश गर्ने पहिलो बिकास बैंक बन्न सफल भएको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खूद नाफातर्फ ४८.७५ प्रतिशतको छलाङ मारेसँगै बैंकले खुद नाफा १ अर्वभन्दा माथि पुर्याउन सफल भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा ६७ करोड ६० लाख थियो ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ८२ करोड ८७ लाख रुपैयाँ रहेको छ भने संचालन मुनाफातर्फ पनि बैंकले ४७.३० प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म मुक्तिनाथको संचालन मुनाफा ९६ करोड ५७ लाख थियो । अहिले यस्तो मुनाफा बढेर १ अर्ब ४२ करोड पुगेको छ ।
यस्तै बैंकको खूद ब्याज आम्दानी बढेर १ अर्ब ८९ करोड पुगेको छ। अघिल्लो वर्ष बैंकको खुब ब्याज आम्दानी १ अर्ब ६९ करोड रुपैयाँ थियो । यस्तै बैंकको रिजर्ब १ अर्ब १ करोड माथि पुगेको छ । अघिल्लो बर्ष सोहि अवधिमा बैंकको रिजर्भ ८१ करोड ५६ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा बैंकले ७९ अर्ब ९० करोड निक्षेप संकलन गरी ६८ अर्ब ५७ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ५७ अर्ब ३१ करोड बढी निक्षेप संकलन गरी ४७ अर्ब ६६ करोड बढी कर्जा परिचालन गरेको थियो ।
यता बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपीएस) २७.८७ रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको इपीएस १८.७३ रुपैयाँ रहेको रहेको थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.२१ प्रतिशत, कष्ट अफ फण्ड ६.०९ प्रतिशत, सीसीडी रेसियो ७९.९३ प्रतिशत, बेस रेट ८.०१ प्रतिशत, पीई रेसियो १५.४७ गुणा, क्यापिटल एडेक्वेसी रेसियो ११.१४ प्रतिशत कायम भएको छ ।
समग्रमा बैंकको वित्तीय अवस्था निकै लोभलाग्दो देखिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्