काठमाडौं – सिभिल बैंक लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा बृक्षारोपण कार्यक्रम, रक्तदान कार्यक्रमहरु तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमहरुको आयोजना गरि मनाएको छ ।
वार्षिकोत्सवको दिन विहान पशुपति क्षेत्रको चक्रपथसंगै जोडिएको पार्किङ क्षेत्रमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको सभापतित्व बैंकका अध्यक्ष इच्छा राज तामाङ्गले गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि पशुपति क्षेत्र बिकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापा उपस्थित थिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, पशुपति क्षेत्र बिकास कोषका पदाधिकारीहरु, बैंकका कर्मचारी लगायत पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्तर्गत शिक्षा, स्वास्थ्य, पर्यावरण र साँस्कृतिक सम्पदाको संरक्षण एवं संवद्र्धन प्राथमिकतामा रहेको उल्लेख गर्दै सोही नीति अनुरुप आजको बृक्षारोपण कार्यक्रमको आयोजना गरी बैंकले ३०० वटा बृक्षारोपण गरेको र उक्त विरुवालाई ५ वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउने सम्मको सम्पूर्ण जिम्मेवारी वहन गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
उक्त कार्यक्रममा पशुपति क्षेत्र बिकास कोषका कार्यकारी निर्देशक रमेश कुमार उप्रेतीले सिभिल बैंकले बृक्षारोपण मात्र नगरी रुखहरुलाई ५ वर्षसम्म हुर्काई आफै सक्षम भएपछि मात्र हस्तान्तरण गर्ने काम एकदमै सराहणीय रहेको कुरा बताए ।
बैंकले पाशुपत क्षेत्र जस्तो देवभुमिमा बृक्षारोपण जस्तो पावन कार्य गर्न पाउँदा खुशी लागेको कुरा बैंकका अध्यक्ष ई. इच्छा राज तामाङ्गले बताए ।
बैंकले आफ्नो आठौं वार्षिकोत्सवको उपलक्ष्यमा प्रधान कार्यालय तथा देशका प्रमुख शहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो साथै वार्षिकोत्सवको महिनामा देशका ग्रामीण भेगका सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुको छनौट गरी छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम पनि रहेको कुरा बंैकले जनाएको छ ।
चालु आर्थिक वर्षको प्रथम चौमासमा (एन.एफ.आर.यस.अनुसार) रु अठार करोड पचास लाख (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९५ को बृद्धी हो) कमाउन सफल यस बैंकको कुल शाखा संख्या ७० रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्