×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा ठिक पार्नुहोस् है ! युनियन हाइड्रोपावरको आइपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पैसा ठिक पार्नुहोस् है ! युनियन हाइड्रोपावरको आइपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

Artha Sarokar

२६ आश्विन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  युनियन हाइड्रोपावर कम्पनीको आइपिओ आउने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसअघि कम्पनीले सर्वसाधारणको लागि २९ करोड १२ लाख ५५ हजार रुपैयाँको २९ लाख १२ हजार ५५० कित्ता आइपीओ निष्कासन गर्ने जनाएको थियो । 
आयोजना प्रभावितका लागि खुला गर्दा नबिकेको ६ लाख २१ हजार ७९० कित्ता समेतलाई जोडेर अब ३५ लाख ३४ हजार ३४० कित्ता सेयर आइपीओ बिक्री गर्न लागिएको हो । युनियनले लमजुङ जिल्लाका आयोजना प्रभावितलाई साउन १४ गतेदेखि भदौ १२ गतेसम्म ७ लाख ५० हजार कित्ता आइपीओ खुला गरेको हो ।
जसमा १ लाख २८ हजार २१० कित्ताका लागि मात्र आवेदन परेको थियो । बाँकी रहेको सेयर अब सर्वसाधारणले पाउनेछन् । यस आइपीओमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । युनियनको जारी पुँजी ७५ करोड रुपैयाँ छ । इक्रा नेपालले यो आइपीओलाई कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी