×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चन डेभलपमेन्ट बैंक दशौँ वर्षमा प्रवेश, हेर्नुहोस् यसरी मनाइयो वार्षिकोत्सव

PRIME CA

कञ्चन डेभलपमेन्ट बैंक दशौँ वर्षमा प्रवेश, हेर्नुहोस् यसरी मनाइयो वार्षिकोत्सव

४ आश्विन २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो स्थापनाकालको नवौं बर्ष पुरा गरि दशौं बर्षमा प्रवेश गरेको शुभ– उपलक्ष्यमा असौज ३ गते बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । निक्षेप संकलन कर्जा लगानी अन्य बैकिङ्ग क्रियाकलाप गरि रहेको कञ्चनले सामाजिक क्षेत्रमा पनि केही कार्य गर्नु पर्छ भन्ने भावनालाई आत्मसात गरि आफ्नो नवौ बार्षिकोत्सव मनाएको छ । 

आर्थिक सहयोग

बैंकले कञ्चनपुर बनगाँवस्थित महिला तथा बृद्धा सेवा केन्द्रमा रहेका वृद्धवृद्धाहरुलाई सहयोग स्वरुप रु ६० हजार बराबरको बन्दो बस्तीका सामानहरुमा डसना, सिरक, तन्ना तथा सिरानी सहयोग गरेको छ । त्यस्तै, रौटेला स्थित बैजनाथधाम तथा बृद्धाश्रम सेवा समिती मा रहेका बृद्घबृद्घाहरुलाई सहयोग स्वरुप रु ४० हजार बराबरको खाद्यान्न सहयोग गरेको छ भने समाज कल्याण अञ्चल बाल अनाथालय कञ्चनपुर लाइ रु ३५ हजार नगद सहयोग गरेको छ । बैंकले बिभिन्न स्कुल तथा क्याम्पसमा अध्ययनरत ३९ जना जेहेन्दार बिद्यार्थीहरुलाई जनही तीन हजार रुपैयाँका दरले एक लाख १७ हजार रुपैया बराबरको छात्रबृति पनि प्रदान गरेको छ ।

उत्कृष्ट शाखा र कर्मचारी पुरस्कृत

यसबाहेक, बैंकले गत आर्थिक बर्षमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने शाखा तथा कर्मचारीलाई पुरस्कार वितरण समेत गरेको छ । सबैभन्दा धरै अन्य आम्दानी कमाउने शाखामा महेन्द्रनगर, सबैभन्दा धरै निक्षेप बृद्धि गर्ने शाखामा दैजी र सबैभन्दा धरै कर्जा बृद्धि गर्ने शाखामा सुख्खडलाई उत्कृष्ट शाखामा पुरस्कृत गरिएको छ भने सबैभन्दा उत्कृष्ट पोर्टफोलियो व्यवस्थापन गर्ने शाखामा बेलडाडी शाखालाई र सबैभन्दा उत्कृष्ट शाखामा डडेलधुरा शाखालाई पुरस्कृत गरिएको छ । उत्कृष्ट कार्य गर्ने यस बैंकका कर्मचारी रमेश शर्मालाई पनि पुरस्कृत गरिएको छ । 
प्रमूख कार्यकारी अधिकृत बिरुराम जोशीको सभापतित्वमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बैंकका सञ्चालक समिति अध्यक्ष शिव सिंह कार्कीको प्रमुृख आतिथ्यता रहेको थियो भने सञ्चालकहरु हिक्मत शाह, बिष्णु सिह बिष्ट, भरत रोकाया र निरनजना पाण्डेय, बैंकका शेयरधनि, कर्मचारी, पत्रकार, र अन्य सर्व साधारणको समेत सहभागिता रहेको थियो । 
बैंकका प्रमूख कार्यकारी अधिकृत जैशीले मन्तव्यका क्रममा बर्तमान बजारको अवस्थालाई मध्यनजर गरि यस क्षेत्रका ग्राहकहरुले अन्य बैंकले दिई रहेको व्याजभन्दा आकर्षक व्याज पाउन भन्ने उद्देश्यले कञ्चन डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि लागु हुने गरि बचत खातामा ८ प्रतिशत र मुद्दति खातामा ११.५० प्रतिशत व्याज दरसम्म कायम गरेको जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: