×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टि भी एसले खोल्यो थप १० अत्याधुनिक नयाँ शो रुम

PRIME CA

टि भी एसले खोल्यो थप १० अत्याधुनिक नयाँ शो रुम

२ आश्विन २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – टि भी एस मोटर कम्पनीको नेपालको लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्सले देशभर आफ्नो थप १० अत्याधुनिक शो रुमहरु उद्घाटन गरेको छ । आफ्नो अत्याधुनिक शोरुमहरुमा टि भी एसको सम्पुर्ण मोटरसाइकल र स्कुटरहरु उपलब्ध हुनुका साथै केहि समय अघि मात्र बजारमा ल्याइयको टि भी एस अपाचे आर आर ३१०, टि भी एस अपाचे आर टि आर १६० फोर भी र टि भी एस एनटोर्क १२५ स्कुटर पनि उपलब्ध रहने छ।      
यहि आश्विन १ गते देखि व्यवसायिक रुपमा सञ्चालनमा आयका नयाँ अत्याधुनिक शो रुमहरु काठमाडौँको कान्तिपथ, कुपन्डोल, टुसाल, र काठमाडौँ बाहिर इनरुवा, राजविराज, सिराहा, धादिङ, गरुडा, कावासोती र डडेलधुरामा रहेका छन्, ग्राहकहरुले यी शो रुमहरु मार्फत टि भी एस का विभिन्न मोडलका मोटरसाइकल र स्कुटरहरु खरिद गर्न सक्नेछन 
जगदम्बा मोटर कम्पनीका उपादक्ष्य दिपक अग्रवालका अनुसार ग्राहकहरुले अबका दिनहरुमा सुविधाजनक रुपले स्थानीय शो रुम मार्फत सेवा प्राप्त गर्न सक्नेछन। टि भी एस ग्राहकहरुको सहज सुबिधा र किफायतीपन प्रति सदैव प्रतिवद्द रहेको छ।
टि भी एस प्रति आफ्ना ग्राहकहरुको लगानी सुरक्षित महशुश गर्न सक्नुको साथै र सकारात्मक प्रतिक्रिया प्रदान गरिरहेको र भबिस्यमा पनि कायम रहने कुरामा कम्पनि ढुक्क रहेको उल्लेख गरेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: