×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँको चोभारमा सिटिजन्स बैंकको एटिएम सञ्चालन

PRIME CA
GLOBAL IME BANK

काठमाडौँको चोभारमा सिटिजन्स बैंकको एटिएम सञ्चालन

२९ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शुक्रबार काठमाडौँको चोभारमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय नजिकै एटिएम सेवा सञ्चालनमा ल्याएको छ । काठमाडौं क्षेत्र नं १० का सभासद राजन के.सी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले एक समारोहका बीच संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका हुन् । 
एटिएम उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, सशस्त्र प्रहरीका अधिकृत तथा जवानहरू, उद्योगी, व्यापारी र विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । चोभार क्षेत्र लगायत वरपरका सबै मानिसहरु यस सेवाबाट लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ७९ वटा शाखा, ७३ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिव तीन लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड, भिसा इन्टरनेसनल डलर कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: