Skip to content
LAXMI SUNRISE BANK

फलोअप : कैलाश बिकास बैंकभित्र अर्को भाँडभैलो, बाफिया नमान्ने सञ्चालक विरुद्ध कर्मचारीनै कानुनी उपचार खोज्दै !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – विभिन्न समयमा विभिन्न काण्डका कारण विवादमा आइरहेको बैंक कैलाश बिकास बैंकभित्र अयोग्य संचालकको विषयलाई लिएर भाँडभैलो मच्चिएको छ । बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा उल्लेख भएको सञ्चालकको योग्यता र कार्यानुभवलाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धि विनियमावलीमा थप स्पष्ट उल्लेख भएको आवश्यक योग्यता तथा कार्य अनुभव विपरित बैंकका संचालक चिन्ता मणि पाण्डे अझै बैंकको सञ्चालक पदमा बसेको तथ्य अर्थ सरोकारले सार्वजनिक गरेपछि बैंकभित्रकै कर्मचारीहरु उनी विरुद्ध अख्तियार पुगेको खबर छ ।
‘सञ्चालक अयोग्य रहेको कुरा हामीलाई थाहा थियो । कुनै मिडियाले यो कुरा बाहिर ल्याईदिए पनि हुन्थ्यो भन्ने लागेको थियो । नभन्दै अर्थ सरोकारमा यो समाचार बाहिर आयो ।’ बैंकका एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘राष्ट्र बैंकले कारवाही गर्ला जस्तो देखिएन । हामी अख्तियार जाँदै छौं । उनी लगायत केहिको मनपरी नमज्जासँग नै बढेको छ बैंकभित्र । यसका विरुद्ध हामी केहि साथीहरु लागि परेका छौं ।’ उनले भने । उनका अनुसार बैंकभित्र ‘प्रोक्र्युमेन्ट’मा पनि व्यापक घोटाला हुने गरेको छ । ‘काम सकिएपछी ब्याक डेटेड प्रपोजलहरु स्वीकृत भएका छन् । आफ्ना मान्छे खोजी खोजी फर्निचर सम्बन्धि काम दिइएको छ । बैंकका एक उच्च तहका कर्मचारीले यस्तो मनोमानी गरिरहेका छन् । संचालकको विषय त विवादमा छँदै छ । अव सबैखाले मनपरीको समाधान एकै पटक खोज्नुपर्छ । हामीले सबै विवरण तयार गरी विभिन्न निकायमा बुझाउने तयारी गरेका छौं । त्यसको कपि अर्थ सरोकारमा पनि पठाउनेछौं ।’ उनले भने । 
हाल कैलाश बिकास बैंकमा सञ्चालकको पदमा रहेका चिन्तामणि पाण्डेको शैक्षिक योग्यता एसएलसी मात्र हो । त्यसैले उनले बैंकको सञ्चालक हुनका लागि विनियमावलीमा उल्लेख भएको क (आ) बुँदा अनुसारको अनुभव अर्थात ‘विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा पाँच बर्ष काम गरेको’ अनुभव पूरा गर्नुपर्ने हुन्छ । तर यस अघि पनि मिसन डेभलोपमेन्ट बैंकमा समेत सञ्चालक रहेका उनीसँग अहिलेको समयमा नै हिसाव गर्ने हो भने पनि झन्डै साँढे ४ बर्षको मात्र अनुभव छ । यहि ५ बर्षको अनुभव पुर्याउन उनी नियम मिचेर बैंकमा बसीरहेको बैंक स्रोतको दावी छ । यसअघि पनि मेगा बैंकका संचालक सीएन पाण्डे अनुभव झन्डै ४ बर्ष बढी हुँदा शैक्षिक योग्यता नपुगेका कारण बैंकको सञ्चालक पदबाट निकालिएका थिए ।
केहि समय अगाडी कैलाश बिकास बैंकमा करारेहरुको हालीमुहाली भएको, लगायतका विभिन्न काण्डहरु सार्वजनिक भएका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK