Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकार समाचार प्रभाव : चौधरी ग्रुपद्वारा सञ्चालित विद्यालयमा ८ कक्षाको पढाइ बन्द गर्न प्रशासनको निर्देशन !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ब्र्समा नाम दर्ज गराएका नेपालका अर्वपति विनोध चौधरीले नियम मिचेर काम गरेको खुलासा अर्थ सरोकार डटकमले गरेपछि जिल्ला प्रसासन कार्यालयले उक्त काममा ‘एक्सन’ लिएको छ । चौधरी ग्रुपका मालिक अध्यक्ष रहेको आश्वत धाममा सञ्चालन भइरहेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले अनुमति पाएको भन्दा बढीको कक्षा संचालन गरेर गैरकानुनी काम गरेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि जिल्ला प्रसासन कार्यालयले यस्तो निर्देशन दिएको हो । गुरुकुलले कक्षा ६ र ७ कक्षा सम्म पढाउन पाउने अनुमति पाएको भएपनि नियम मिचेर उक्त विद्यालयमा कक्षा ८ पनि संचालन भइरहेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेको थियो । 
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासीको बर्दघाट सुस्तापूर्वले तत्काल उक्त विद्यालयमा सञ्चालन भइरहेको कक्षा ८ को पढाइ बन्द गर्न भन्दै स्कूलको नाममा पत्र पठाएको छ । २०७५ साउन २९ गते जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासी पूर्वका प्रमुख कृष्णचन्द्र पोखरेलले विद्यालय बन्द गर्ने पत्र काट्दै तत्काल बन्द गर्ने निर्देशन दिएका थिए । उक्त पत्रसँगै कक्षा ८ मा पढिरहेका विद्यार्थीहरु बिचल्लीमा परेका छन् । त्यहाँका स्थानीयले भने विद्यार्थीको भविष्य नै खेलबाड गर्न खोज्ने चौधरी ग्रुपसमक्ष कारवाही हुनुपर्ने धारणासमेत राखेका छन् ।
यस्तो थियो अर्थ सरोकार डटकमले प्रकाशित गरेको समाचार :

‘फोब्र्स लिष्टेड’ अर्वपतिको कम्पनीको ‘गैरकानुनी’ धन्दा, समाजसेवाका नाममा गुरुकुलको ‘अवैध’ सञ्चालन !

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK