
काठमाडौं – नेपाल बङ्गलादेश बैंक लिमिटेडले ग्रामिण तथा शहरी क्षेत्रका स्थानमा  शाखा  बिस्तार गर्ने क्रममा पुन: थप एक शाखा विस्तार गरेको छ। 
बैंकले सर्वसाधारणलाई सहज बैकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले यहि  भदौ २५ गते सोमबारबाट कन्चनपुर जिल्लाको चानदेवमा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको छ । उक्त कार्यक्रमको उद्घाटन, लालझडी गाँउपालिकाका अध्यक्ष मदन सेवबदायकले गरे  । 
यस सँगै देशभर बैंकको शाखा संख्या ७७  पुगेको छ । बैंकले ७ एक्सटेन्सन काउन्टर, ६ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५७ वट एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।





						







