
- रोहण शर्मा
कुनैपनि क्षेत्रमा राम्रो काम गर्नुहोस् तपाईंलाई समाजले चिन्न र कामको उचित मुल्यांकन हुन लामो समय लाग्दछ । यसको ठिक विपरित यदि तपाईंले नराम्रो काम गर्नुभयो भने तपाईं छिट्टै चर्चित हुनुहुनेछ । कारण राम्रोभन्दा नराम्रो कुरालाई फैलन कम समय लाग्दछ, डढेलो लागे जस्तै । जति सजिलोसँग डढेलो फैलन्छ र सखाप बनाउँछ त्यसलाई नियन्त्रण गर्न धेरै गाह्रो हुन्छ भने नियन्त्रणमा आईसक्दा डढेलोले ठूलो क्षति गरिसकेको हुन्छ ।
सेयर बजारको सन्दर्भमा कुरा गर्दा आज भन्दा १० बर्ष अगाडी तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजारलाई जुवाघरसँग तुलना गरेपछीको परिणाम सेयर बजारको लागी एउटा डढेलोनै साबित भएको तथ्य हामी माझ आलै छ । त्यसको ठिक १० बर्ष पछी केहि समय अगाडी उनै डाक्टरले सेयर बजार जुवा घर हैन भनेर आफुलाई प्रष्ट्याउँन खोज्दा काजकृया गरिसकेपछी औषधी लिएर आएको छुँ भनेझैं भान हुन्थ्यो।
बिगतमा ११७५ पुगेको नेप्से परीसुचक लगातारको गिरावटबाट २९२ सम्म झर्नुमा केहि सहायक कारणहरु अरुनै भएतापनि मुलुकको एउटा जिम्मेवार अर्थमन्त्रीको एकदमै हल्का र गैरजिम्मेवार अभिब्याक्तीलाईनै उक्त दुर्घटनाको मुल कारण मानियो। जुन घाउ दाग बनेर सेयर बजारको ईतिहासमा अझै पनि रहेको छ र भबिश्यमा पनि रहिरहनेछ।
त्यस्तै अहिलेका अर्थमन्त्री डा. खतिवडाले पनि केहि समय अगाडी सेयर बजारलाई अनुत्पादक भनेर अभिब्यक्ती दिएसँगै बजारमा लगातारको गिरावटका साथै त्यसको मनोबैज्ञानिक असर कायमै छ। सार्वजनिक पदमा बसेको मान्छेले भन्न खोजेको कुरा जस्ताको त्यस्तै भन्न सक्नुपर्छ । भन्न खोजेको र भनिएको कुरामा अलिकत पनि फरक पर्यो भने अर्थको अनर्थ लाग्न जान्छ। पछी “मैले भन्न खोजेको यस्तो हो” भनेर आफुलाई प्रमाणित गर्न खोज्नु भनेको बन्दुकबाट निस्किसकेको गोली पुन बन्दुक भित्रै फर्काउन खोजेजस्तै हो ।
सेयर बजार अत्यन्त संवेदनशिल बजार हो। हरेक समयमा यसले बलियो अभिभावकको साथ खोजिरहेको हुन्छ। यस्तो बेला अभिभावकलेनै सौतेनी ब्यवाहार देखाउँदा बच्चाको बिजोग त हुनेनै भयो। माथिका दुई घटनाबाट पक्कै पनि अभिभावकमा चेत आईसकेको हुनुपर्छ। आउँदा दिनमा अभिभावकले पक्कै पनि आफ्नो कर्तव्यबोध गर्नेनै छन्।
यो त भयो अभिभावकको कुरा, अब जिम्मेवार सन्तानको कुरा गरौं। सेयर बजार भनेको सिंगो परिवार हो भने यसमा आवद्द सबै लगानिकर्ता परिवारका सदश्य हुन्। परिवारमा फरक फरक सोचाईका बिभिन्न पात्रहरु रहेका हुन्छन्। परिवार सुखी, समुन्नत र आदर्श परिवार बनाउन सबैको उत्तरदाईत्व उत्तिकै रहन्छ। तर यहाँ भैरहेको के छ भने परिवारका सिनियर र हर्ताकर्ता मानिएका सदश्यनै क्षणिक न्यानोको लागी सिंगो घर खरानी बनाएर आगो ताप्नतर्फ उन्मुख देखिन्छन्।
आफुले खान पाउन्जेल खाने, खाईसकेपछी त्यही थाल फोहोर गर्ने, बजारका बिकृती, बिसंगतीहरु केलाउँदै त्यसको समाधानको उपाय खोज्नुको साटो हाँगामा बसेर फेद काट्ने काम हुँदैछ। मै खाउँ, मै लाउँ, मैले किनेपछी बढ्नु पर्छ र बेचेपछी घट्नु पर्छ भन्ने ब्याक्तिगत स्वार्थको सोच हावी हुँदा समग्र बजारनै प्रदुषित भएको छ। परिवारमा कुनै एक सदश्य बहुलाए सबैले दुख पाउँछन्, कुनै एकले गलत काम गरे बदनाम सबैको हुन्छ।
यो प्रदुशणबाट बजारलाई मुक्त गर्ने कर्तब्य तपाईं हाम्रै हो। घर बलियो भए ओत पाउँछौ, बजार बलियो भए तपाईं हामी रहन्छौं। आउनुहोस् यो परिवारमा आवद्द नियामक लगायतका परिवारका जेष्ट सदश्यहरु, संघ संगठन , बिज्ञहरु, लगायत आम लगानिकर्ता एक भएर हातमा हात मिलाएर बजार शुद्दिकरणमा लाग्नुको बिकल्प छैन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्