Skip to content
LAXMI SUNRISE BANK

के हेर्दैछ बीमा समिति ? आइएमइ जनरल इन्सुरेन्सका सञ्चालक योगेश्वर शर्मा ढकाल ‘गैरकानुनी’ रुपमा पदमा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – तत्कालीन एनबी इन्सुरेन्सको नाम परिवर्तन गरेर आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेड नामाकरण हुँदै गर्दा नै ट्रेडमार्क कानुन मिचेको आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडले अर्को गैरकानुनी काम गरिरहेको खुलासा भएको छ । नियामक निकाय बीमा समितिको नियम नै अटेर गर्दै आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडमा योगेश्वर शर्मा ढकाल संचालक पदमा बसीरहेको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ । आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडका संचालक योगेश्वर शर्मा ढकाल आइएमइ कोअपरेटिभ सर्भिस लिमिटेडका अध्यक्षसमेत हुन् ।दुइ भिन्न कम्पनीमा फरक-फरक खालका फोटो राखेर संचालक योगेश्वर शर्मा ढकालले जनता र नियामक झुक्याईरहेका छन् ।
आफन्तलाई सञ्चालक बनाउन कानुनको धज्जी उडाइयो !
अझ खास कुरा त के हो भने यसरी नियम विपरित संचालक बनेका योगेश्वर शर्मा ढकाल आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडका अध्यक्षसमेत रहेका हेमराज ढकालका आफन्त हुन् । आफ्ना मान्छेलाई संचालक बनाउनकै लागि यतिसम्म कानुनको खिल्ली उडाइएको भएपनि आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडलाई कसैले पनि छुन सकेको छैन । यसअघि कम्पनीले ट्रेडमार्क कानुनको धज्जी उडाएर मनपरी गर्दा पनि गल्ती सच्याउने बाहेक खास काम भएको थिएन ।  पछिल्लो समय नेपाल बीमा समितिलाई अटेरी गर्ने क्रम बढिरहेको र यसले संस्थागत सुशासनमा निकै समस्या आइरहेको चर्चा चलिरहेका बेला आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडको यस्तो गैरकानुनी काम बाहिर आएको हो ।  
हेर्नुहोस् योगेश्वर शर्मा ढकाल आइएमइ कोअपरेटिभ संस्थाको अध्यक्ष रहेको प्रमाण :

हेर्नुहोस् योगेश्वर शर्मा ढकाल आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडको सच्न्हालक  रहेको प्रमाण :
र हेर्नुहोस् कानुनमा यस्तो गर्न नपाइने स्पष्ट व्यवस्था भएको कानुन 
सीइओ भन्छन्, ‘सबै थाहा छ, तर मलाई नमुछ्नूस है’
यस विषयमा बुझ्न हामीले आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडका संचालक रहेका योगेश्वर शर्मा ढकालसँग सम्पर्क गरेका थियौं । तर उनीसँग सम्पर्क नभएपछी हामीले आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत योगेश भक्त बादेलाई सम्पर्क गर्यौं । सुरुमा उनी यस विषयमा भेटेर कुरा गर्ने भन्दै पन्छिए । र भेट्ने समय पनि दिए । तर उक्त जानकारीका लागि भेट्ने समय दिएको दिन सम्पर्क गर्दा उनले आफु व्यस्त रहेको जानकारी पठाए । हामीले यसैबीचमा उनलाई आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडमा योगेश्वर शर्मा ढकाल गैरकानुनी रुपमा संचालक पदमा बसेकोबारे जानकारी दिन पुन : आग्रह गर्यौं ।हाम्रो प्रश्नमा उनले भने, ‘अँ सबै कुरा थाहा छ, तर मलाइ नमुछ्नूस् है !’       
यस विषयमा बुझ्न हामीले नियामक निकाय बीमा समितिमा समेत फोन गरेका थियौं । यस विषयमा बुझ्न हामीले समितिकी सूचना अधिकारी पुजन ढुंगेललाई सम्पर्क गर्यौं । तर बीमा समितिका कर्मचारीले उनी कार्यालयमा नरहेको जानकारी दिए । 

यो पनि पढ्नुहोस् 
आइएमइ जनरल इन्सुरेन्स कम्पनीको दादागिरी, कानुनी प्रक्रियामा नै नगई ट्रेडमार्कमा ‘गैरकानुनी’ दावी !

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK