Skip to content
LAXMI SUNRISE BANK

सिर्जना फाइनान्सको २१ औं शाखा सप्तरीको बोदे बर्साइनमा, नगर प्रमुख सिंहले गरे उद्घाटन

अर्थ सरोकार

काठमाडौँ – नेपाल राष्ट्र बैंक बाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त सिर्जना फाइनान्स लिमिटेडले आफ्नो २१ औं शाखा सप्तरी जिल्लाको बोदेबर्साइन न.पा.वडा नं ५ मा स्थापना गरेको छ । नगर प्रमुख आतेश कुमार सिंहले उक्त शाखाको समुद्घाटन गरे । 
समुद्घाटन समारोहमा बोल्दै सिंहले ग्रामिण जनतामाझ वित्तीय संस्था आएकाले स्थानीय जनता प्रत्यक्ष्य लाभान्वित हुने बताए । 
उक्त शाखाबाट कर्जा तथा बचत बाहेक विप्रेषण, २४ घण्टै एटिएम सुविधा तथा मोवाइल बैंकिङ्ग समेतको सुविधा प्रदान गरि ग्रामिण भेगका जनतामा समेत बैंकिङ्ग पहुँच पुर्याउने पुर्याउने संस्थाका प्रमुख कार्यकारी अधिकृत भवानी शंकर चापागाईँले बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK