
काठमाडौँ – नेपाल बैंक लिमिटेड्ले कन्चनपुर जिल्लाको शुक्लाफांट नगरपालिका वडा नं १० झलारीमा नेपाल बैंक लिमिटेड विलासपुर शाखा पुनःस्थापना गरेको छ । मिति २०५६/१२/११मा सशस्त्र द्वन्द्वको कारण वन्द गरिएको बैंकको उक्त शाखामा गत श्रावण २७ गतेबाट बैकिंग सेवा सुचारु भएको हो ।
नेपाल सरकारको वित्तिय पहुँच तथा समावेशिता अभिवृद्धि गर्ने नीतिमा सघाउने उद्देश्यले दुर्गमदेखि सुगमसम्मका स्थानमा शाखा विस्तारमा जोड दिँदै आएको यस बैंकले भरखरै सम्पन्न आर्थिक वर्षमा ९ वटा शाखा स्थापना गरेको थियो भने चालु आर्थिक वर्षको शुरुआतमै यस शाखा पुनस्थापना गरिएको हो ।
एक परिपक्व स्थिर वित्तिय संस्थाको रुपमा आठ दशक यता अविच्छिन्न रुपमा देशको वित्तीय सेवामा संलग्न नेपाल बैंक लिमिटेडले ०७५ असारसम्म रु ९९ अर्ब ८३ करोड निक्षेप संकलन गरि रु ७९ अर्ब ६३ करोड् कर्जा प्रवाह गरेको छ । मुलुकका हिमाल पहाड तराई ५६ जिल्लामा फैलिई १४० शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट मार्फत १२ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा पुर्याईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्