
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल पूँजीबजार लगानीकर्ता संघले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले धेरै बोलेका कारण बजार घटेको आरोप लगाएका छन् । नेपाली पूँजी बजारमा सोझा लगानीकर्ता डुबाउने खेल भइरहेको बताउंदै उनले भने, ‘पूँजीबजारमा पूर्ण आश्रित सोझा लगानीकर्तालाई डूबाउने खेल भइरहेको कुरा सुनेको छु । यहीकारण बजारप्रति लगानीकर्ताको औधी चिन्ता र उत्साहमा कमी पाएँ । सम्बद्ध निकायले अविलम्ब निकास खोज्न आवश्यक देखेको छु ।’
साथै उनले बजार निरन्तर घटेर चुर्लुम्म भएकै कारण २ लगानीकर्ताले आत्महत्या गरेका दुःखद खबर सुनेको उल्लेख गर्दै यस्तो अवस्थालाई सामान्य रुपमा लिन नहुने सुझाए । तर, कसले र कहाँ आत्महत्या गर्यो भन्ने कुरा उनले खुलाएनन् ।
‘बजार धेरै बोलेर बिग्रिएर भनेर तपाईहरुले प्रतिकात्मक रुपमा मलाई यो रुद्राक्षको माला लगाइदिनुभएको होला ।’ उनले भने–‘रुद्राक्षको माला ध्यान, धैर्यता र शालीनताको प्रतिक पनि हो । धेरै बोलेकै कारण बजार बिग्रिएको पाएको छु ।भ्रष्टाचार गरी कमाएको अरबौं रकम खाल्डामुनि पुरेर राखेको छ कि कहाँ राखेको छ, अब राज्यले खोज्न थाल्नुपर्छ ।’ उनले भने–‘गैरकानूनी आर्थिक कारोबारलाई निमिट्यान्न पार्ने नीति लिनुपर्छ।’हाम्रो बजारलाई सुकेनाश लाग्यो, यसको कारण खोजी हुनुपर्छ ।’
कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की, सिडिएससीका सीइओ देवप्रकाश गुप्ता, नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल, उपाध्यक्ष राजु पौडेल, इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियार लगायतले पनि बोलेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्