
काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले काभ्रेपलाञ्चोक जिल्लाको साँगामा ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहँुच विस्तार गर्ने उद्धेश्यले शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका सहायक महाप्रबन्धक मनोज खड्का र प्रमुख अतिथी जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब के.सी.ले संयुक्त रुपमा दीप प्रज्जवलन गरी औपचारिक रुपमा उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बोल्दै सहायक महाप्रबन्धक मनोज खड्काले मेगा बैंकको हलो देखि हाइड्रो भन्ने नारालाई चरितार्थ गरी ग्रामीण क्षेत्रका जनताहरुलाई बैकिङ्ग सेवा प्रदान गर्नको लागि शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरिएको कुरा बताए ।
कार्यक्रममा प्रमुख अतिथी एवम् जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव के.सी.ले मेगा बैंकको शाखा रहित बैंंकिङ्ग सेवालाई काभ्रे जिल्लामा स्वागत गर्दै बैंकले अझ विकट क्षेत्रहरुमा गई बैंकिङ्ग सेवा दिन सुझाव दिए । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई कमाएको पैसा वचत गर्न सिकाउनुपर्ने, समाज सुधारको लागि बैंकले पहल गर्नुपर्ने विचार ब्यक्त गरे । समाजको सुधार भएमात्र बैंकको पनि कार्यक्रममा सुधार आउने कुरामा जोड दिए ।
बनेपा नगरपालिका वडा नं. १३ र १४ का वडाध्यक्षद्धय सूर्यनारायण नापित र गौरी राउत, नेपाल प्रहरी विद्यालयका समादेशक श्यामकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले कार्यक्रममा शुभकामना मन्तब्य राखे । बक्ताहरुले सामाजिक सुरक्षा भत्ता शाखा रहित बैंकिङ्ग बाट उपलब्ध गराउन, बैंकको एक्सटेन्सन काउन्टर एवम् एटिएम मेशिन राख्न सुझाव दिए ।
कार्यक्रममा माइक्रो बैकिङ्ग विभाग प्रमुख प्रकाश पोखरेलले उपस्थित सहभागीहरुलाई स्वागत गरे । स्वागत मन्तब्यको क्रममा पोखरेलले मेगा बैंकको स्थापना, बैंकिङ्ग इतिहास र वर्तमान अवस्थाको वारेमा जानकारी दिए । त्यसैगरी शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन गर्नुको उद्धेश्य, यसले दिने सेवा सुविधाहरुको वारेमा वताए ।
कार्यक्रमको अवसरमा मेगा बैंक निजी बैंकहरुमध्ये पूजीको हिसावले दोश्रो ठूलो बैंक भएको र बैंकको शाखा सञ्जाल हाल १०१ वटा रहेको साथै देशभर ११९ वटा शाखा रहित बैंकिङ्ग सेवा खोली सेवा दिएको जानकारी गराए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्