
एनआईसी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । सोहि क्रममा बैंकले गुल्मी जिल्ला,गुल्मीदरबार गाउँपालिकाको ठूलोपोखरामा आफ्नो सत्रौं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
बैंकले गुल्मीदरबार गाउँपालिकाको ठूलोपोखरामा संचालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको समुद्घाटन गुल्मीदरबार गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हिरा बहादुर खत्रीको उपस्थितिमा सम्पन्न भयो । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा बैंकले खुमलाल अर्याललाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।
यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।
मुलुकको सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकले २३६ शाखा कार्यालयहरु, २२९ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रु १७६ अर्ब भन्दा बढि पुगेको छ । बैंकको कुल कर्जा करिब रु. १२० अर्ब र कुल निक्षेप करिब रु. १४९ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकहरुको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । यो सँगै वासलात, कुलकर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्