×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुरस्थित प्रभात दिदीबहिनी महिला बचत तथा ऋण सहकारीमा चोरी, सेफ नै फोडेर लुटियो पाँच लाख रुपैयाँ !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भरतपुरस्थित प्रभात दिदीबहिनी महिला बचत तथा ऋण सहकारीमा चोरी, सेफ नै फोडेर लुटियो पाँच लाख रुपैयाँ !

Artha Sarokar

१५ श्रावण २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन – भरतपुरको एक सहकारीमा चोरी भएको छ । भरतपुरस्थित प्रभात दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो । सोमबार बिहान कार्यालय खोल्दा चोरी भएको पत्ता लागेको सहकारीका कर्मचारीले अर्थ सरोकारलाई बताए । संस्थाकिअध्यक्ष सरस्वती शाहका अनुसार आइतबार संकलन भएर सहकारीमा राखेको पाँच लाख रुपैया चोरी भएको हो । ‘पैसा राखेको भल्ट (सेफ) नै फोडेर चोरी भएको छ। अफिसमा सिसी क्यामेरा पनि थिए। तर सबै सिसी क्यामेरा र कन्ट्रोल बक्स नै चोरिएको छ,’ अध्यक्ष  शाहले भनिन्। 
घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुशिलसिंह राठौरले बताएका छन् । ‘प्रभातसहित नौवटा सहकारीमा चोरी भएको हामीलाई जानकारी आएको छ । हामी थप अनुसन्धान गरिरहेका छौं ।’ राठौरले अर्थ सरोकारसँग भने । यता जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले आफुलाई पनि चोरीको जानकारी आएको र चितवनमा सहकारी चोरीका घटना बढेको बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी