Skip to content
LAXMI SUNRISE BANK

शाखा बिस्तारमा ‘एग्रिसिभ’ हुँदै एनआईसी एशिया बैंक, एकै साथ ४ नयाँ शाखा सञ्चालनमा

अर्थ सरोकार

काठमाडौँ – एनआईसी एशिया बैंकको ४ नयाँ शाखा कार्यालयहरु सञ्चालन भएको छ । एनआईसी एशिया बैंक गौरीगञ्ज नगरपालिका वडा नं. ३, झापा स्थित गौरीगञ्ज शाखा, कनकाई नगरपालिका वडा नं ३, झापा स्थित सुरुङ्गा शाखा तथा ठाकुरबाबा नगरपालिका, वडा नं. १, बर्दिया स्थित भुरीगाँउ शाखामा सञ्चालनमा आएको हो । यस शाखाहरुको सोमबार (आषाढ २४ गते) एक समारोहकाबिच समुद्घाटन सुसम्पन्न भयो ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 
बैंकको वासलातको आकार रू.१७८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्बसहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइ सकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । 
साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK