
काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेखनाथ स्थित तालचोक र पोखराको हल्लनचोक लेकसाईडमा आफ्नो थप दुुई शाखाहरुको विधीवत रुपमा उद्घाटन गरि कारोवार शुभारम्भ गरेको छ । तालचोक शाखाको उद्घाटन प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुुरु¨ले गरेका थिए । उक्त अवसरमा मन्त्री गुुरु¨ले प्रदेश नं. ४ पर्यटन ब्यवसायको लागि प्रचुर सम्भावना बोकेको प्रदेश रहेकोले देशकै आर्थिक समृद्धिको मेरुदण्डको रुपमा विकास गर्न यसमा निजी क्षेत्र लगायत बैंक तथा बित्तीय संस्थाहरुले अहम भुुमिका निभाउनु पर्ने बताए ।
यसै गरी लेकसाईड शाखाको विधिवत उद्घाटन प्रदेश नं. ४ का माननीय सभामुुख नेत्रनाथ अधिकारीले गरेका थिए । उक्त अवसरमा उनले बैंकको प्रगतीको कामना गर्दै बैंकले शाखा सञ्जाल शहरी क्षेत्रमा मात्र केन्द्रीत नगरी बिभिन्न ग्रामिण क्षेत्रहरुमा समेत बिस्तार गरि आम जनतालाई बैंकिङ सुुबिधा प्रदान गरेकोमा सराहना गरेका थिए ।
यस विकास बैंकको कुल शाखा संख्या ५२ पुगेको छ भने अन्य ३ वटा शाखाहरु केही दिनमै संचालनमा आउने प्रक्रियामा रहेको तथा यसरी नै शाखा विस्तार गर्दै देशभर शाखा संजाल स्थापना गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्ने बैंकको लक्ष्य रहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
कार्यक्रममा बैकका बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठ , संचालक शिव मल्ल, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल लगायतले बैकको बितिय अवस्था र बैकले प्रदान गरिरहेको सेवा सुबिधाका बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा बैकका संचालकहरु, पोखराका उधोगी, ब्यबसायी, बैकर, राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्