×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसएमएको WorkerAppzबाट पठाएको रेमिट्यान्सको भुक्तानी माछापूछ्रे बैंकबाट लिन सकिने

PRIME CA

एसएमएको WorkerAppzबाट पठाएको रेमिट्यान्सको भुक्तानी माछापूछ्रे बैंकबाट लिन सकिने

२४ असार २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

माछापुच्छ्रे बैंक लिमिटेड र हङ्गकङ्गस्थित एसएमए इन्टरनेसनल बिच छिटो, छरितो र झन्झट रहित रेमिट्यान्स सेवाको सम्झौता भएको छ । ग्राहकहरुले उक्त रेमिट्यान्स सेवा एसएमए इन्टरनेसनलद्वारा सञ्चालित WorkerAppzबाट लिन सक्नेछन् । WorkerAppzएउटा वेब र मोबाईल App-based पैसा ट्रान्सफर र बिल भुक्तानी गर्ने रेमिट्यान्स सेवा हो । 
WorkerAppzका संस्थापक तथा सिईओ प्रबिन चन्दिरामनिले माछापुच्छ्रे बैंक लिमिटेडसँग रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता गर्न पाउनु गौरवको कुरा रहेको बताए । उनले यस सहकार्यबाट देश विदेशमा रहेका ग्राहकहरु लाभान्वित हुने बताउँदै मानिसहरुको जीवनस्तर समेत उकास्न मद्दत पुर्याउने बताए । 
यो सम्झौतासँगै यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्नेछन् र रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ९१ वटा एटीएमहरु संचालनमा रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: