
एनआईसी एशिया बैंकसँगको सहकार्यमा लायन्स क्लव अफ पर्वत चौतारीले वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । पर्वत कुश्मास्थित नेपालकै अग्लो झोलुङ्गे पुल परिसरमा रहेको पिसपार्क तथा आसपासका क्षेत्रमा फलफुल जन्य विरुवाहरु रोपिएको आयोजकले जनाएको छ ।
लायन्स क्लव अफ पर्वत चौतारीका अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि चण्डीका गण पर्वतका गणपती रमेश कुमार सुवेदीले वातावरण सन्तुलनका लागि वृक्षारोपण अनिवार्य रहेको भन्दै रोपिएका विरुवाहरुको सरंक्षणमा सबैको ध्यान पुग्नुपर्ने धारणा राखे ।
एनआईसी एशिया बैंकले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संथासँगको सहकार्यमा समाजिक गतिविधिहरु संचालन गर्दै आएको बैंकका क्षेत्रीय प्रबन्धक दिपेन्द्र शर्माले बताए ।
विशिष्ठ अतिथि लायन्स डिस्ट्रक सिनियर एडभाइजर वसन्त कुमार कर्मचाय, लायन्स कलव अफ र्वतत चौतारीका निर्वतमान अध्यक्ष पुरुर्षोत्तम आचार्य एनआईसी एशिया बैंक नयाँपुल शाखाका निवर्तमान प्रमुख टंकनाथ लामिछाने लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा जिल्लाका लायन्स लिडरहरु, समाजसेवीहरु लगायतको बाक्लो उपस्थिती रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्