Skip to content
LAXMI SUNRISE BANK

ब्याजदरमा बैंकहरूको नयाँ सहमति : अब बचतमा ७ र निक्षेपमा ११ प्रतिशतको ‘थ्रेसहोल्ड’

अर्थ सरोकार

काठमाडौं– बैकर्स एसोसियसनले पाँच महिना अघि गरेको पुरानो सहमतिलाइ फेरि ब्युँताएका छन् । आजबाटै लागू हुने गरी ब्याजदरमा भद्र सहमति कायम भएको छ । बैकर्स संघको बिहिबार बसेको बैठकले भद्र सहमति कायम गरेको हो । 
५ महिनाअघि गरेको ब्याजदरको सहमति केहि समय अघि हटाएपछि बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेपछि त्यसले समग्र सिस्टममा नै समस्या गर्ने भन्दै फेरि ब्याजदरको सहमति कायम गरिएको बैठकमा उपस्थित एक सदस्यले भने । ५ महिना अघिको ब्याजदर सहमति भंग भएपछि निक्षेपमै झण्डै १४ प्रतिशतको हाराहारीमा ब्याजदर पुगेको थियो । 
अब ती ब्याजदर बढाएका बैंकहरुले पनि यो सहमति पालना गर्नेछन् । नेपाल राष्ट्र बैंकसँगको सहमतिमा ब्याजदरलाई स्थायित्व दिन नयाँ सहमति गरेको हो । बैकर्स संघले ऋणको पनि ब्याजदर नबढ्ने गरी सहमति गरेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK