
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- राष्ट्रिय वाणिज्य बैंकको साखा उद्घाटनका क्रममा काभ्रेपलान्चोकमा बालबालिकाको दुरुपयोग गरिएको पाइएको छ । शनिबारको दिन सरकारी ड्रेस लगाएर उनीहरुलाई जवर्जस्ती वाणिज्य बैंकको लोगो इंकित भएको प्लेकार्ड बोकी नगर परिक्रमा गर्न लगाएर बैंक र स्कुल दुबैले बालअधिकार सम्बन्धि कानुनको धज्जी उडाएका छन् । काभ्रेको भकुण्डेबेसीमा साखा उद्घाटनका क्रममा यस्तो दृश्य देखिएपछि काभ्रेका अधिकांस पत्रकार, बुद्धिजीवी तथा अधिकारकर्मीहरुले यसको विरोध गरेका छन् ।

यद्यपी यता बैंकले भने वित्तीय साक्षरताको लागि विद्यार्थीहरुलाई प्रयोग गरिएको बताएको छ । ‘वित्तीय साक्षरता अभियानका लागि विद्यार्थी उतारेका हौँ । अहिले यो कामको खुब बिरोध त भएको छ । तर हाम्रो नियत गलत थिएन ।’ वाणिज्य बैंकका एक कर्मचारीले अर्थ सरोकार डटकम सँग भने, ‘प्लेकार्डमा व्यापारिक प्रयोजनजस्तो देखिने वा सोलिसिट गर्ने जस्तो देखिने गरी प्ले कार्ड बनाउनु हाम्रो गल्ती भयो । तर हाम्रो नियत गलत थिएन भन्ने कुराचाहिं सबैले बुझिदिए हुन्थ्यो ।’ शनिबारको दिन यसरी विद्यार्थी उतार्न पाइन्छ, त्यो पनि बैंकको बिज्ञापनका लागि भन्ने हाम्रो प्रश्नमा ती कर्मचारीले भने. ‘मलाइ त बैंकले गलत गरेको महसुस नै भएको छ । तर मलाइ भएर हुन्न । हाकिमहरुलाई हुनुपर्यो ।’

यता यस विषयमा हामीले भकुण्डेबेसीका सम्बन्धित अधिकारीलाई बुझ्न खोज्दा भने उनी सम्पर्कमा नै आएनन् । यद्यपी भकुण्डेमा भएको यो कामको चौतर्फी विरोध भएको छ । यता विद्यार्थीहरुले समेत आफुलाई स्कुलले बोलाएकाले आएको दावी गरेका छन् । ‘सरले भनेर आएको । बैंकमा पैसा राख्न पाइन्छ रे पछि’ एक विद्यार्थीले अर्थ सरोकार डटकमसँग अबोध पाराले भने, ‘यो बैंक हाम्रो सरको बैंक रे !’


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्