×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हल्लाको भरमा भ्रममा नपरौं, अध्ययन समितिको प्रतिवेदन जे आएपनि पूरानो निर्णय कार्वनयन असम्भव’

PRIME CA

‘हल्लाको भरमा भ्रममा नपरौं, अध्ययन समितिको प्रतिवेदन जे आएपनि पूरानो निर्णय कार्वनयन असम्भव’

२५ जेष्ठ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • रामु खनाल / शेयर बजार बिश्लेषक 
सरकारको राइट र बोनस शेयरमा अब्कित मुल्यमा नै पूँजीगत लाभकर गणना गर्ने बिषय निकै विवादास्पद बन्न पुग्यो । सो कारणले एक दिन त बजारमा कुनै कारोबार नै भएन । सरकारको गलत निर्णयको कारणले त्यसको बिरोध स्वरूप शेयर बजारमा एक रुपैयाको पनि कारोबार नहुनु नेपालको शेयर बजारको इतिहासमा नै सम्भावत यो पहिलो घटना हुनुपर्छ । यस बिषयलाई थप अध्यन गर्न र सुझाव पेश गर्न सरकारले एउटा अध्ययन समिति पनि गठन गरेको छ । जुन समितिले पन्ध्र दिन भित्र अध्यन प्रतिबेदन पेश गर्ने छ र सो समितिको प्रतिवेदनको आधारमा थप निर्णय गर्ने भनिएको छ । 
समितिले के सुझाव देलार अब के हुने हो भनी लगानीकर्ताहरु अहिले अलि बढी शसङ्कित भएको पनि देखिन्छ । महालेखाको प्रतिबेदनमा पूँजीगत लाभ करको माध्यमबाट अहिले सेयर बजारबाट करछली भैरहेको बिषय उठाउन भएकोले आन्तरिक राजस्व बिभागले एक पत्र मार्फत अन्कित मुल्यको आधारमा लाभकरको गणना गर्न निर्देशन दिएको थियोे । सरकार वा सरकारी निकायका उच्च पदस्त ब्याक्तीहरुलाई शेयर बजार यस्तो बजार हो जहा हरेक कारोबार एउटा सिस्टममा रहि निकै पारदर्शी रूपमा कारोबार हुन्छ भन्ने कुराको हेक्का समेत नहुन निकै दु:खद कुरा हो । यदि कसैले कर छलेको छ भने उसलाई कारबाही गर्नु पर्ने हो । 
समग्रमा बजार नै प्रभावित हुने गरि परिपत्र गर्नु परिपक्क निर्णय थिएन । यसरी अपारदर्शी ढंगले ल्याइएको निर्णयको चर्को बिरोध थेग्न नसकेर अहिलेलाई पुरानो तरिका बाट नै करको गणना गर्ने गरि सरकार पछि हट्नुको कारणले सरकारको उक्त नियमको नैतिक धरातल गुमिसकेको छ । अब फेरि त्यो नियम ल्याउन प्रतिवेदनमा सुझाव दिएमा बजार पुनः आन्दोलित हुने र कारोबार ढप्प हुने हुदा सरकारले त्यो नियम ल्याउन प्राय: असम्भव नै छ । बरु कुनै मध्यमार्गी वा पुरानो नियमलाई निरन्तरता दिनु नै समितिको बुद्धिमानी हुनेछ । सरकारले कर उठाउने नाममा जताततै जनताको ढाड सेक्ने गरि कर मात्र थोपर्न खोज्नु सरकारको मुर्खता शिवाय अरु केहि होईन । 
सरकारले कर प्रशासनमा हुने भ्रष्टाचार रोक्न , शहरी इलाकामा हुने घर भाडामा हुने कर छली , भन्सार बिन्दुमा हुने कर छली , अण्डर इन्भोइस्निङका माध्यम बाट हुने कर छलिमा ध्यान दिनु पर्छ । तर पारदर्शी रूपमा कारोबार हुने शेयर बजारमा बारम्बार सरकारले गिद्धे नजर राख्ने कार्य रोकिनु पर्छ । बर्तमान अर्थमन्त्रीलाई सबैले आर्थिक क्षेत्रका बिद्धान भन्छन् । तर उनले अर्थमन्त्रीको रूपमा प्रस्तुत गरेको स्वेतपत्रमा देशको ढुकुटी नै रित्तिएको भने भनाइ पनि निकै बिबादास्पद बन्न पुग्यो । पछि शेयर बजारमा पूँजीगत लाभकरको बिषय पनि निकै बिबादास्पद एवं आलोचित बन्न बन्न पुग्यो । बारम्बार यस्ता आलोचित हुने कार्य गर्ने लाई कसरी विद्वान भन्न सकिएला र खै । पढ्नु र पर्नु फरक कुरा हो । बारम्बार बिबादास्पद निर्णय गर्नु कदापि बुद्धिमानी होईन । 
आशा गरौं, पन्ध्र दिनको समय पाएको अध्यन समितिले अन्कित मुल्य बाट पुजिगत लाभकर गणना गर्ने बिषय बाट पछि हट्ने सुझाव दिने छ वा अन्य कुनै मध्यमार्गी उपाय निकाल्ने छ । तर अन्कित मुल्य बाट नै लाभ कर गणना गर्ने सुझाव दिएमा लगानीकर्ताहरु पुनः आन्दोलित हुनेछन् , कारोबार ठप्प पार्ने छन् । जसको कारण अन्तर्राष्ट्रिय बजारमा नराम्रो सन्देश जानेछ । सरकारले पुन: अन्कित मुल्यमा नै कर गणना लागु गर्ने प्रयत्न गरेकोमा आन्दोलन कै कारण सरकार फेरि पछि हट्नु पर्ने छ । सरकार र कर दाता बीच मन मुटाब बढ्ने छ , जुन आर्थिक समृद्धिको लागि राम्रो कुरा होइन । 
सरकारले जनताको ढाड नै सेक्ने गरि कर थोपर्नु मात्र बुद्धिमता होईन बरु करदाता सग सहकार्य गर्नु नै बुद्धिमता हुनेछ । अत सरकारले पुनः राइट र बोनस शेयरमा अन्कित मुल्यमा नै लाभकर गणनाको नियम लागू गर्न प्राय असम्भव छ । लगानीकर्ता हतोत्साहित नबनौ। तर यसैलाई आधार बनाएर साना लगानीकर्ताहरुलाई तर्साएर सस्तोमा शेयर उठाउने चलखेल शुरु हुन सक्छ । सचेत बनौं , आफ्नो सम्पति आफै जोगाऔं । अत अहिले नै हतोत्साहित नबनौ । आशा गरौं , अध्यन समितिले अन्कित मुल्यको आधारमा लाभ कर गणना गर्न सुझाव दिने छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: