×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वातावरण दिवसमा एभरेष्ट बैंकद्वारा वृक्षारोपण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

वातावरण दिवसमा एभरेष्ट बैंकद्वारा वृक्षारोपण

Artha Sarokar

२३ जेष्ठ २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – विश्व वातावरण दिवसको अवसरमा एभरेष्ट बैंकले काठमाडौं महानगरपालिका वाड नं ३ र पिडिएसएसको समन्वयमा लाजिम्पाटदेखी महाराजगञ्जसम्म दुवैतर्फ सडक किनारामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । 
सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, बैंकका प्रमुख कार्यकारी अधिकृत शोमेश्वर सेठले संयुक्त रुपमा वृक्षरोपण गरी विश्व वातावरण दिवस मनाईएको छ । 
वातावरण जोगाउँ हरियाली बनाऔं बन्ने मुल नाराका साथ भएको वृक्षरोपण कार्यक्रममा काठमाडौं महानगरपालिका वाड नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, वाड नं ३ का अध्यक्ष दिपक केसी तथा एभरेष्ट बैंकका अधिकृत तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत वढ्दो वातावरण प्रदुर्षण न्युनिकरण गर्न तथा हलियाली कायम राख्न वृक्षरोपण गरेको जनाएको छ । 
एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सञ्जाल मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी