- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो सोमबार प्रि-ओपनिङ सेसनमा नेप्से बढेको छ । नेप्से परिसूचक १८.६१ अंकले बढेर २९२४.०७ बिन्दुमा उक्लिएको छ ।
सो सेसनमा ५८ कम्पनीको ९ हजार ३६८ कित्ता सेयरहरु ८३ लाख ४९ हजार ४४५ रुपैयाँमा किनबेच भएको छ । जसमा ३६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ कम्पनीको सेयर मूल्य घटेको छ । साथै १५ कम्पनीको मुल्य स्थिर रहेको छ ।