×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा ‘राष्ट्रिय महिला क्लब लिग भलिबल प्रतियोगिता’ सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा ‘राष्ट्रिय महिला क्लब लिग भलिबल प्रतियोगिता’ सुरु

Artha Sarokar

२२ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्धारा मूख्य प्रायोजित चौथो राष्ट्रिय RBB-NVA WOMEN’S CLUB LEAGUE VOLLEYBALL प्रतियोगीता राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलबाट शुभारम्भ भएको छ । खेलको उद्घाटन प्रतिनीधि सभाका सांसद जीवनराम श्रेष्ठले गरे । । सो कार्यक्रम नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले भलिबलको लोकप्रियतालाई देखेर बैंकले संस्थागत सामाजीक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बताउंदै आगामी दिनमा पनि मिलेर अगाडी बढ्ने बताए ।
जेठ २१ देखि २६ गते सम्म संचालन हुने प्रतियोगितामा तीन वटा विभागीय सहित छ टिमले भाग लिने छन् । नेपाल सरकारद्धारा मिति २०७४ जेठ ८ गते नेपालको राष्ट्रिय खेल भलिबल भएको घोषणा गरिसकेको छ । प्रत्येक वर्ष १० लाख रुपैंया प्रदान गर्ने गरि दुई वर्षको लागि राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच राष्ट्रिय लिग प्रतियोगिताको नामको अगाडी आरबीबी–एनबीए नाम राख्नु पर्ने सम्झौता भएको थियो ।
चौथो राष्ट्रिय महिला क्लब लिग भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख, द्धितीय हुने टिमलाई १ लाख, तृतीय हुने टिमलाई ५० हजार तथा चौथो हुने टिमलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने छ । सो कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायव महाप्रवन्धक कबिराज अधिकारी, विभागीय प्रमुख नरेशराज अर्याल, नेपाल भलिबल संघका महासचिव जीतेन्द्र बहादुर चन्द लगायतको उपस्थिती रहेको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी