
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले अर्थमन्त्रीले सोझा लगानीकर्ताको पेटमा लात मारेर महापाप गरेको बताएका छन् । आन्तरिक राजस्व विभागले बोनस र हकप्रदको लाभ गणना सम्बन्धी नयाँ व्यवस्था लागु भएको कुरा नेपाल स्टक एक्चेन्ज, धितोपत्र बोर्ड, सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पत्राचार गरेपछि यसबारे विभिन्न लगानीकर्ताका संघहरुले संयुक्त रुपमा सुरु गरेको आन्दोलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
यता लगानीकर्ताले उक्त निर्णय फिर्ता नभए आफुहरु सर्वोच्च अदालतमा रिट दायर गर्नसमेत तयार भएको बताएका छन् । सेयर लगानीकर्ताका ३ संघको अगुवाईमा करिव साँढे १० बजेदेखि देखि भद्रकालीप्लाजास्थित नेपाल स्टक एक्सचेञ्जमा घेराउ सुरु भएको छ । उनीहरुले नोक्सानीमा कर तिर्नु कुन सिद्धान्त हो सरकार, बहुमतको सरकार, करैकरको उपहार लगायतका नारा अंकित प्लेकार्डसहित नेप्सेको प्राङ्गणमा प्रदर्शन गरिरहेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्