×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टूच्च’ तानीरहनु पर्ने र ‘फुर्रर’ धुवाँ फाल्ने बानी भएकालाई सरकारको झड्का : चुरोट, सुर्ती, र रक्सीको भाउ बढ्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘टूच्च’ तानीरहनु पर्ने र ‘फुर्रर’ धुवाँ फाल्ने बानी भएकालाई सरकारको झड्का : चुरोट, सुर्ती, र रक्सीको भाउ बढ्यो !

१५ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – रक्सी र चुरोटको भाउ बढेको छ । यसपालीको बजेटदेखि चुरोट-रक्सीको भाउ बढेको हो । यस्तै सरकारले चुरोट र रक्सीको विक्री वितरण गर्न अनिवार्य रुपमा इजाजत लिनुपर्ने व्यवस्था पनि गरेको छ । 
यता सरकारी कर्मचारीको तलव नबढ्ने भएको छ । यद्यपी आर्मी, पुलिस र शसस्त्र प्रहरीको तलव भने बढेको छ । उनीहरुको पोशाक भत्ता पनि बढेको छ ।
यस्तै पूँजी बजारका लागि बजेटमा के आउँछ भनेर पर्खेकाहरुलाई खुसीको खबर छ । अब १ अर्व भन्दा बढी लगानी भएका निजी उद्योगहरुले पनि आइपिओ जारी गर्नै पर्ने भएको छ । 
अव सिमेन्ट र डण्डी व्यापारीहरु मालामाल हुने भएका छन् । सरकारले केही उद्योगलार्इ संरक्षण गर्ने नीति लिएपछी यस्तो सम्भावना देखिएको हो ।पाँच वर्षभित्र सिमेन्ट,डन्डी लगायतको एक दर्जन निर्माण सामाग्री उत्पादन गर्ने उद्योगलार्इ आधारभूत संरक्षणको नीति सरकारले लिएको हो ।
सरकारले जस्तापाता र काठ किन्न भन्दै घर बनाउँदा थप ५० हजार रुपैयाँ दिने भएको छ । बजेटका क्रममा अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।
यस्तै कृषि योग्य जमिनलाई घर घडेरीकोरुपमा प्रयोग गर्न नपाइने ब्यवस्था हुने भएको छ । यसले घरजग्गा व्यापार घट्ने पक्का छ । 
सरकारले साना किसानका सबै कृषि कर्जा मिनाहा गर्ने भएको छ । यस्तै अवदेखि आमाबाबुलाई हेला गर्नेलाई कारवाही हुने भएको छ ।
यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट २०७५-७६मा शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण दिने घोषणा गरेका छन् । सो ऋणको ब्याज पनि सौलियत दरमा प्रदान गरिने उनले घोषणा गरेका छन्। 
यस्तै बैदेशिक रोजगारीबाट फर्केकाले नेपालमा आफैंले केहि गर्न चाहेमा त्यसखाले व्यवसाय संचालन गर्न १० लाख रुपैयाँसम्म ऋण पनि पाउने भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी