
कृषि योग्य जमिनलाई घर घडेरीकोरुपमा प्रयोग गर्न नपाइने ब्यवस्था हुने भएको छ । बजेटका क्रममा अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् । यसले घरजग्गा व्यापार घट्ने पक्का छ । यस्तै इजाजत प्राप्त कम्पनीबाट मात्रै घरजग्गा खरीद गर्न पाइने भएको छ।अहिले जुनसुकै व्यक्तिले घरजग्गा किन्ने पाउने व्यवस्था थियो।
सरकारले साना किसानका सबै कृषि कर्जा मिनाहा गर्ने भएको छ । यस्तै अवदेखि आमाबाबुलाई हेला गर्नेलाई कारवाही हुने भएको छ ।
यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट २०७५-७६मा शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण दिने घोषणा गरेका छन् । सो ऋणको ब्याज पनि सौलियत दरमा प्रदान गरिने उनले घोषणा गरेका छन्।
यस्तै बैदेशिक रोजगारीबाट फर्केकाले नेपालमा आफैंले केहि गर्न चाहेमा त्यसखाले व्यवसाय संचालन गर्न १० लाख रुपैयाँसम्म ऋण पनि पाउने भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्