
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सूर्योदय लघुवित्त वित्तीय संस्थाले आइतबारदेखि सेयर लिलामी बिक्री खुला गरेको छ । सर्वसाधारण समूहको १९ हजार ६८२ कित्ता र संस्थापक तर्फको ८ हजार ४०० कित्ता गरि जम्मा २८ हजार ८२ कित्ता सेयर लिलामीमा ल्याइएको हो । यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यसभन्दा बढी भाउ तोकी जेठ २० गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि १० अंकले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल राष्ट्रिय नाचघर, जमल काठमाडौं तथा सूर्योदय लघुवित्तको केन्द्रीय कार्यालय स्याङजा पुतलीबजार नगरपालिकाबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ । यसैगरी, ग्लोबल आइएमई बैंकको वीरगञ्ज, बनेपा, हेटौंडा, विराटनगर, सुर्खेत, धनगढी, पोखरा सभागृह चोक, बुटवलको मिलनचोक र नेपालगञ्जको त्रिभुवनचोकबाट पनि लिलामी भर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्