Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंकले सुरु गर्यो ‘गरिमा रेमिट’, अरु सेवा पनि विस्तार गर्ने बैंकको तयारी

अर्थ सरोकार

गरिमा विकास बैंकले रेमिट कारोबारका लागि गरिमा रेमिट शुभारम्भ गरेको छ । मंगलबार एक कार्यक्रमका बीच संचालकद्धय आनन्द प्रसाद श्रेष्ठ र विमल पाण्डेले संयूक्त रुपमा हस्ताक्षर गरेपछि गरिमा रेमिट सेवाको शुभारम्भ गरिएको हो । 
कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले गरिमा विकास बैंकका सबै शाखा संजालबाट रेमिट सेवा सुरु भएको घोषणा गरे । उनले आगामी दशैं सम्ममा गरिमा विकास बैंकका शाखा बाहेक अन्य संजालमार्फत पनि देश र विदेशबाट रेमिट्यान्स सेवा अघि बढाउने जानकारी दिए । विभिन्न फाइनान्ससियल टेक्नोलोजिको प्रयोगमा बैंक अग्रसर भएर लागेको जानकारी गराउँदै उनले देशमा भित्रिएका सबै टेक्नोलोजीलाई बैंकले कार्यान्वयनमा ल्याएसकेको पनि बताए । बैंकले केही दिनमा अरु नयाँ सेवाको पनि विस्तार गर्ने उल्लेख गर्दै उनले गरिमा रेमिटबाट कारोबार अगाडि बढाउन सबै सदस्य र आम नागरिकहरुलाई आह्वान गरे । 
स्याङ्जामा तीन जिल्ले बैंकबाट सुरु भएको गरिमा विकास बैंक कुशल संचालक र उत्कृष्ट म्यानेजमेन्ट टीमकै आडमा पोखरा हुँदै काठमाडौंमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी राष्ट्रिय स्तरको विकास बैंकका रुपमा अग्रसर छ । गरिमा विकास बैंकले हाल पूर्वाञ्चल र सुदुरपश्चिमाञ्चलमा समेत शाखासंजालहरु विस्तार गरी सेवा सुचारु गरीरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK