
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चालु आथिक वर्षको तेस्रो त्रैमासमा सिन्धु विकास बैंकले १ करोड ८१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २८.९९% ले घटेको हो । बैंकको खुद ब्याज आम्दानी ०.१४% ले बढेर ७ करोड ४० लाख ३५ हजार रुपैयाँ पुगेको छ । तर सञ्चालन नाफा २८.९९% ले घटेर २ करोड ८५ लाख ८ हजार रुपैयाँ मात्र कमाएको छ । सञ्चालन नाफा घटेकोले खुद नाफामा पनि गिरावट आएको हो ।
सिन्धुले १ अर्ब ९७ करोड २६ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५१ करोड ५ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा १.०५% बाट बढेर १.३६% पुगेको छ । कस्ट अफ फन्ड पनि ६.४०% पुगेको छ । गत वर्ष यो ४.७% मात्र थियो ।
सिन्धुले चुक्ता पुँजी २६ करोड २१ लाख ९२ हजार रुपैयाँबाट बढाएर ४१ करोड ८१ लाख १६ हजार रुपैयाँ पुर्याएको छ । रिजर्भ कोषमा पनि ६१.९८% सुधार गरी ९ करोड ४४ लाख २८ हजार रुपैयाँ जम्मा गरेको छ । सिन्धुको प्रतिसेयर आम्दानी (वार्षिक) ५ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ५८ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्