×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफको जेठ १० देखि सेयर लिलामीमा आउंदै, यी ठाउँबाट फारम भर्न सकिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एसियन लाइफको जेठ १० देखि सेयर लिलामीमा आउंदै, यी ठाउँबाट फारम भर्न सकिने

Artha Sarokar

२ जेष्ठ २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जेठ १० गतेदेखि एसियन लाइफ इन्सुरेन्सले सर्वसाधारण समूको ९८ हजार २४६.२० कित्ता सेयर लिलामीमा आउने भएको छ । यसमा न्यूनतम १०० रुपैयाँ वा यस भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ । लिलामीको बोलपत्र पेश गर्ने अन्तिम म्याद जेठ १७ गते तोकिएको छ । 
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट लगानीकर्ताले बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् । यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी