×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेपत्ता मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त, चालक दलका दुबै सदस्यको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बेपत्ता मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त, चालक दलका दुबै सदस्यको मृत्यु

२ जेष्ठ २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – वेपत्ता मकालु एयरको कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । बुधबार बिहान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको विमान दुर्घटना हुँदा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । नाइन एन एयूजे कलसाइनको सो विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको र त्यस विमानका दुबैजना पाइलटको मृत्यु भएको खबर दिएको छ । त्यस बाहेक अरु थप विवरण आउन बाँकी रहेको जनाएको छ । ६ः५५ मा सिमिकोटमा पुग्नुपर्ने विमान बीच बाटोबाटै सम्पर्क विच्छेद भएका थियो । यसअघि सो विमान बाजुराको बगरमा फोर्स ल्याण्डिङ भएको सूचना त्रिभुवन विमानस्थलमा आएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी